२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका पठाईदिन्छु भनि ११ लाख ५० हजार ठगी गर्ने व्यक्ति पक्राउ

२०७८, १ भाद्र मंगलवार ०९:४४

भदौ १, काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिन्छु भनेर ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका  वडा नं. ९ का लाल बहादुर कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीले पाँचथर तुम्बेवा गाउँपालिका वडा नं. ५ हाङ्गुमका ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका पठाउने भन्दै एघार लाख पचास हजार रकम लिएको उजुरीका आधारमा पक्राउ गरिएको महासाखाले जनाएको छ । कार्कीले रकम लिई सम्पर्क विहीन भई ठगी गरेको भन्दै राइले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । उजुरी पछि विभागले कार्कीलाई पक्राउ गरी विभाग उपस्थित गराइदिन महानगरीय अपराध महाशाखामा पत्राचार गरेको थियो ।  

महाशाखाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा कार्कीलाई झापा अर्जुनधारा नगरपालिका वडा नं. ५ शान्तिचोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको जनाइको छ ।   

जम्मा लागत चालिस लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलव हुने जागिर लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा कार्कीले ठगि गरेको उजुरी परेको जनाइको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ