भदौ ३, काठमाडौं (रासस)। राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निधन भएको छ ।

कोरोना सङ्क्रमण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उहाँ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ बजे पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने जानकारी दिनुभयो ।

August 19, 2021
काठमाडौँ - KTM, समाज
वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष शेरचनको निधन
By साझासवाल
2 मिनेट पढाइ