Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कतार जान लागेका एक युवक विमानस्थलबाट पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ ८, काठमाडौँ | विदेश उड्नुअघि लगेजमा गाँजा बोकेर हिँडेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।<br></p><p>मंगलबार पाठक कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ सय ग्राम गाँजा फेला परेको थियो ।</p><p>लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजा सहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ ।&nbsp;&nbsp;</p>