Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो : यस्तो छ भदौ ३१ गतेसम्मलाई प्रशासन कार्यालयको आदेश

By साझासवाल 3 मिनेट पढाइ

भदौ १६, काठमाडौं । काठमाडौं उपत्यकाको आगामी भदौ ३१ सम्म लागू हुनेगरी निषेधाज्ञा लम्बिएको हो । तर योपटक लम्बिएको निषेधाज्ञा विगतको भन्दा खुकुलो बनाइएको छ ।

निषेधाज्ञामा सिनेमा हल र सैलुन लगायतका व्यवसाय खोल्न पाउने निर्णय गरिएको छ । यस्तै लामो समयदेखि बन्द रहेको विद्यालय खोल्ने वा नखोल्ने निर्णय गर्ने जिम्मा स्थानीय तहलाई नै दिइएको छ ।

काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उल्लेख छ ।

त्यस्तै प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्ने,सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ । कोरोना संक्रमणको चेन ब्रेक गर्न गत १६ वैशाखदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी गरिएको थियो ।