२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा सिस्‍ने खोलाले जिप बगाउँदा चारको मृत्यु

२०७८, १७ भाद्र बिहीबार ०३:०२

भदौ १७, काठमाडौँ | दाङमा बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा चार जनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

घटनामा परि घोराही–१३ का ३२ वर्षीया सुशिला श्रेष्ठ, घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुवर, घोराही–१३ का ४० वर्षीया रीतामाया पुन र घोराही–१४ का ४२ बर्षिय विमला केसीको मृत्यु भएको हो । सो घटनामा एकै घरमा दुई दिदिबहिनीको मृत्यु भएको छ ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियाँ किनमेल गरेर फर्कदै गर्दा गाडीलाई बाढीले बगाएको थियो । प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो ।

मृतक राधा र सुशीला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् । चालक घोराही–१५ का ४० बर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।


तस्बिरः नेपाल टेलिभिजनबाट साभार ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ