२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संखुवासभा घटना: दोषी आफै घटनाबारे मिडियामा अन्तर्वार्ता दिदै हिडे

२०७८, २६ भाद्र शनिबार १५:०९

भदौ २६, काठमाडौँ । संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या आरोपमा पक्राउ परेका व्यक्ति आफै घटनाबारे मिडियामा अन्तर्वार्ता दिदै हिडेका थिए । घटना भएपछि संचारकर्मीहरुसँग उनले घटनापछि आफूहरु सुत्न नसकेको बताएका थिए । 

प्रहरीले अनुसन्धानको क्रममा शंकास्पद लागेकाहरुलाई सोधपुछ गर्न क्रममा लोकबहादुरले बयान फेरिरहेका थिए । प्रहरीको अनुसार बयान फेरेपछि उनी शंकाको घेरामा थिए । प्रहरीले पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझिएको थियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनै थिए । लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

प्रहरीले शंकाको घेरामा राखेपछि प्रहरीले उनको घरभित्र रगत लत्पतिएको कपडा फेला पारेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ । 

यसअघि घटनाको बारेमा रिपोर्टिङका लागि पुग्नेहरुले लोकबहादुरसँग समेत अन्तर्वार्ता लिएका थिए । उनले घटनाबारे अन्तर्वार्ता दिएका थिए, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको उनले बताएका थिए ।

उनले अन्तर्वार्तामा भनेका छन् 'बडाउ(तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन, गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।' 

अन्तर्वार्ताकै क्रममा पनि लोकबहादुर डराएको जस्तो देखिएका थिए । अन्तर्वार्ताको क्रममा सोधिएको प्रश्नमा थुक निल्दै उनले जवाफ दिएका छन् । उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।


प्रहरीले उनलाई पक्राउ गरेर बयान लिएपछि लोकबहादुरले आफूलाई 'पागल' भनेको कारण घटना घटाएको बयान दिएको बताइएको छ । प्रहरीका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् तर घरका अन्य सदस्यले पनि घटना देखेपछि अरुलाई पनि मार्न बाध्य भएको बयान छ । प्रहरीका अनुसार कार्की डिप्रेशनको औषधि खाइरहेका थिए । लोकबहादुरले आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । 

हत्यामा दोषी लोकबहादुर यस अघि दुई पटक बैदेशिक रोजगारमा गएर आएका व्यक्ति हुन् । यसअघि उनले विदेशबाट फर्किएपछि डिप्रेसनको औषधि सेवन गर्ने गरेको बताइएको छ । दोषी लोकबहादुर मृतक तेजबहादुरका आफ्नै भतिजा हुन् ।  

गत सोमबार मादी–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नं १ का प्रहरी प्रमुख डिआइजी बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लगायत टोली घटनास्थल आइपुगेको थियो । ठूला अपराधका घटनाको अनुसन्धानमा सक्रिय सिआईबीलाई यो घटनामा पनि सफलता प्राप्त मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ