Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत प्राधिकरणको कामप्रति दुरसञ्चार प्राधिकरणको आपत्ति

२०७८, १७ आश्विन आईतवार ०४:४१

असोज १७ , काठमाडौँ , न्युज कारखाना।  पोलभाडा तिर्न नमानेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवलका तारहरू काट्न थालेपछि नेपाल दुरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ ।

सञ्चार क्षेत्रको नियामक निकाय दुरसञ्चार प्राधिकरणले एक विज्ञप्ति जारी गरी राज्यको अति आवश्यक सेवा अवरुद्ध गर्ने जोकोहीलाई कानुनी कारवाही गर्न र यस्ता पूर्वाधारको रक्षा गर्नसम्वन्धित निकायसँग अग्रह समेत गरेको छ । विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण कार्यालयहरुमार्फत इन्टरनेट तथा केवलको लाइन काट्न सुरु गरेको छ ।

‘सेवा प्रदायक र प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दुरसञ्चार प्राधिकरणबीच छलफल गरी विवाद समाधान गर्न प्रयास भइरहेको अवस्थामा अनायास तार काटेर राज्यको अति आवश्यक सेवा अवरुद्ध पार्नु दुखद् हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘दुरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दण्डनीय हुने व्यवस्था छ ।’

व्यवसायीहरुले प्राधिकरणको उक्त कार्यको विरोध गर्दै गरेका छन् । एकतर्फीरुपमा जथाभावि पोलभाडा बढाएर उपभोक्तामाथि भार थोपर्न खोजिएको भन्दै व्यवसायीहरूले त्यसको विरोध गरेका छन् ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भन्दै प्राधिकरणले सबै पक्ष बसेर आपसी छलफलबाट समस्याको समाधान गरी इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने गराउने व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । विद्युत प्राधिकरणले केवल लाइन काटेपछि देशका विभिन्न स्थानमा इन्टरनेट तथा केवल सेवा अवरुद्ध बनेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै