Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रनवेबाट चिप्लियो श्री एयरलाइन्सको विमान , घाँसे मैदानमा पुग्यो

By kit 2 मिनेट पढाइ

<p><b>असोज १९ , काठमाडौं। </b>त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज रनवेमा चिप्लिएको छ। मंगलबार बिहान रनवेबाट चिप्लिएको जहाज घाँसमैदानतिर गएको छ ।<br></p><p>पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै जहाज घाँसे मैदानतिर चिप्लिएको विमानस्थल श्राेतले जानकारी दिएकाे छ। काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको हो।</p><p>करिब ८० जना यात्रु लिएर नेपालगञ्ज जान लागेको जहाज उड्नुअघि नै रनवेबाट चिप्लिएपछि सबै यात्रुलाई निकालिएको छ। अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको छ। जहाजमा कुनै क्षति भने नभएकाे जनाइएकाे छ।</p>