पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज २४, काठमाडौं | </b>मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ।<br></p><p>महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।</p><p>आज दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।</p>

