Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता

By kit

<p><b>असोज २४, काठमाडौँ, न्युज कारखाना | </b>कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एकजना बेपत्ता भएका छन्। सुर्खेतको चौकुने गाउँपालिका-१० घाटगाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना हुँदा १८ वर्षीया अनिता विक बेपत्ता भएकी हुन् ।&nbsp;<br></p><p>दसैंको घर पोत्ने कमेरो माटो लिन गएको बेला डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले बताए । ‘माटो ल्याउन नदीवारि घाटगाउँबाट डुंगा चढेर पारि (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दुर्घटना भएको रहेछ,’ उनले भने, ‘घटना थप विवरण आउन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ ।’डुंगामा सातजना सवार रहेकोमा एकजना बेपत्ता भएको अन्य पौडिएर सकुशल रहेको प्रहरीले जनाएको छ ।&nbsp;</p>