Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चार दिन पछि काठमाडौंमा घाम लाग्यो, आज र भोलीको मौसम कस्तो ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ४, काठमाडौं । पछिल्लो चार दिनदेखिको झरीपछि आज बिहानै काठमाडौँमा घाम लागेको छ । न्यून चापिय प्रणाली र पश्चिमी वायुका कारण नेपालमा अविरल बर्षा तथा झरीको कारण बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ ।

बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजो अस्तीजस्तो अति भारी वर्षाको सम्भावना न्यून छ ।

आज दिउँसो केही क्षेत्रमा वर्षा हुने आँकलन गरिएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति प्रदेश १ र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ ।

भोली शुक्रबार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य तथा सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।