कात्तिक २३, सिंगापुर | एजेन्सी | सिंगापुरमा लागुऔषध तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड स्थगित गरिएको छ । अदालतको एक आदेशपछि उनलाई दिन लागिएको सजाय अन्तिम समयमा स्थगित भएको हो ।

लागुऔषध तस्कर गरेको आरोपमा भारतीय मूलका मलेसियाली नागरिक नागेन्द्रम के धर्मलिंगम सन् २००९ सिंगापुरमा पक्राउ परेका थिए । सन् २०१० मा त्यहाँको एक अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो ।

धर्मलिंगमलाई बुधबार मृत्युदण्ड दिइने तयारी थियो । तर, त्यसको अन्तर्राष्ट्रिय स्तरमा नै बिरोध भएको थियो । उनको मानसिक अवस्था र बौद्धिक क्षमता कमजोर भएकोले मृत्युदण्ड दिन नहुने मलेसियाली अधिकारीहरु र मानव अधिकारबादी समूहले तर्क गर्दै आएका छन् ।

नागेन्द्रन मानसिक रूपमा स्वस्थ छैनन् भन्ने दाबीसहित अदालतमा निवेदन परेपछि मंगलबार पुनरावेदन अदालतले उनको मुद्दा हेर्न सुरु गरेको छ ।

यसअघि सिंगापुरकै अदालतले उनी मानसिक रुपमा स्वस्थ रहेको ठहर गरेका थिए ।

नागेन्द्रन स्वयं पीडित भएकोले उनलाई मृत्युदण्ड दिन नहुने उनका वकिलले दाबी गर्दै आएका छन् । उनी लागुऔषध तस्करीको गिरोहबाट पीडित भएको र उपचारको आवश्यक भएको वकिलको दाबी छ ।

नागेन्द्रनलाई कोभिड पोजेटिभसमेत देखिएको छ ।

November 9, 2021
काठमाडौँ - KTM, समाज
लागुऔषध तस्करीका दोषीलाई दिन लागिएको मृत्युदण्ड स्थगित
By साझासवाल
3 मिनेट पढाइ