Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सोह्रखुट्टेस्थित गार्मेन्टमा भीषण आगलागी

By kit

<p><b>मंसिर १७, काठमाडौं | </b>काठमाडौंको सोह्रखुट्टे नयाँबजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । आगो नियन्त्रणमा लिन ६ वटा दमकल परिचालन गरिएको सोह्रखुट्टे प्रहरी वृत्तले जनाएको छ ।<br></p><p>प्रहरी पनि नियन्त्रणमा खटिएको छ । नयाँबजारस्थित ब्ल्यांकेटको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।</p><p>प्रहरीका अनुसार शुक्रबार दिउँसो सवा २ बजे आगलागी भएको हो । आगो नियन्त्रणमा आएको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ।</p>