Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी जवानको पेन्सन अवधि १६ वर्ष गर्ने प्रस्ताव

By kit 2 मिनेट पढाइ

<p><b>मंसिर २१, काठमाडौँ |</b> नेपाल प्रहरीका जवानको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले अघि बढाएको हो।<br></p><p>मन्त्रिपरिषद्ले गत वर्ष २९ पुसमा पेन्सन पाउन २० वर्ष कुर्नुपर्ने सर्तसहित सैनिक सेवा नियमावली संशोधन गर्दै नेपाली सेनामा फलोअर्स तथा सिपाहीले १६ वर्ष सेवा अवधि पूरा गरेर स्वेच्छिक अवकाश लिए निवृत्तभरण पाउने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो।</p><p>सेनामा यो निर्णय लागू भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा पनि यो निर्णय लागू हुनुपर्ने माग उठिरहेकाे थियो।</p>