Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंसहित देशभर चिसो बढ्यो !

By kit 2 मिनेट पढाइ

मङ्सिर २६, काठमाडौँ |  उपत्यकासहित देशभर चिसो बढेको छ। शनिबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो।

न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले अब देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली ९कुण्ड० का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ।