Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चल्दाचल्दैकाे ट्रकमा आगाे लागेपछि…

By kit 2 मिनेट पढाइ

<p><b>पुस ४, काठमाडौँ |</b> दाङबाट सिमेन्ट बोकेर कैलाली पुगेको ट्रकमा चल्दाचल्दै आगलागी भएको छ । कैलालीको अत्तरिया पुगेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख नम्बरको ट्रकको टायरमा आगो लागेको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>आगो गोदावरी नगरपालिकाको दम्कलको सहायताले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ‘आगलागीका कारण टायरमा क्षति पुगेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले भने,‘ट्रकमा कुनै क्षति भएको छैन ।’</p><p>ट्रकको पछाडिको टाएरमा आगलागी भएको उनले बताए ।</p>