२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिन्छ : मन्त्री श्रेष्ठ

२०७८, ५ पुष सोमबार १६:३३

पुस ५, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गर्न लागिएको बताउनुभयो । 

रिपोर्टर्स क्लब नेपाल, गण्डकी प्रदेशद्वारा आज दमौलीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने बताउनुभयो । बिचौलियालाई कानुनी कठघरामा उभ्याइने उहाँको भनाइ थियो । वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले बताउनुभयो । श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको उहाँले  बताउनुभयो । 

श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठले बताउनुभयो । आगामी दिनमा सबै देशमा सम्झौता गरेर मात्रै नेपालबाट कामदार पठाइने उहाँको भनाइ थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध