मलेसिया, कतार, साउदी, युएई सहित छ देशमा एसएसपी दर्जाको ‘प्रहरी सहचारी’ राख्न प्रस्ताव

साझासवाल

<p><b>पुस १२, काठमाडौँ |</b> प्रहरी प्रधान कार्यालयले बिभिन्न ६ मुलुकमा प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दर्जाको प्रहरी सहचारी राख्न प्रस्ताव गरेको छ ।&nbsp;<br></p><p>सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस सम्बन्धमा जानकारी गराउदै २०७८ असोजमा गृह मन्त्रालयलाई त्यसतर्फ आवश्यक पहल गर्नका लागी पत्राचार गरिएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।&nbsp; त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्रमा सुचना संयन्त्रको विकास गर्नका लागी सो प्रस्ताव गरिएको कुँवरले बताए ।</p><p>प्रवक्ता कुँवरका अनुसार प्रहरी हेडक्वार्टरले मलेशिया, कतार, साउदी अरब, चिन, बंगलादेश, संयुक्त अरब ईमिरेट्स र संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिको कार्यालयमा प्रहरी सहचारी खटाउन प्रस्ताव गरेको छ ।&nbsp;</p>

Leave a Comment

Leave a Reply