पुस १५, काठमाडौँ | मौसममा सुधार हुन थालेसँगै लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो। आज भने आन्तरिक उडान सुरु हुन थालेको छ।

विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ। मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ।

मौसमविद्का अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने छ।

December 30, 2021
काठमाडौँ - KTM, समाज
लुक्लाबाहेक अन्य क्षेत्रमा हवाई उडान सुरु
By kit
2 मिनेट पढाइ