पुस १६, काठमाडौँ | चर्चित र्यापर लाउरेसँगै पक्राउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधवार प्रहरीले पोखराको न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

लाउरे भनेर चिनिने आशिष राना मगर चर्चित र्यापर हुन् । उनीसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ रहेका छन् । पोखरा घर भएका लाउरेलाई लागूऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको कास्कीका एसपी रमेश थापाले जनाए।

प्रहरीका अनुसार आरोपीहरुको साथबाट १३ दशमलब १ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । ब्राउन सुगरसहित सो लागूऔषध जोख्न प्रयोग गरिने तराजु पनि बरामद गरिएको प्रहरीले जनाएकाे छ।

लाउरे रियालीटी शो हिमालय रोडिजका निर्णयक समेत हुन् । ब्राउन सुगर बेचबिखनमा लाउरेको संलग्नताबारे अनुसन्धान भइरहेको एसपी थापाले बताए ।

December 31, 2021
काठमाडौँ - KTM, समाज
र्यापर ‘लाउरे’लाई ८ दिन हिरासतमा राख्न अनुमति
By kit
2 मिनेट पढाइ