२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्छ’

२०७८, १७ पुष शनिबार ०९:३६

पुस १७, काठमाडौँ | रासस | सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले कर्णालीको तथ्यगत समाचारले नीति निर्माणमा सहयोग पुग्नुपर्ने बताउनुभएको छ । 

तुलसादेवी हरिहर फाउण्डेसन काठमाडौँद्वारा आज आयोजित ‘कर्णाली प्रदेशका क्रियाशील पत्रकारका लागि आचारसंहिता तालिम’को भर्चुअल कार्यक्रममा सचिव डा अर्यालले कर्णालीको समस्याको सत्य र तथ्य समाचारले सरकारलाई नीति निर्माण सहयोग पुग्ने बताउनुभयो । “विकास पूर्वाधारमा कर्णाली पछि नै छ”, उहाँले भन्नुभयो, “त्यहाँको सटिक समाचार आउनुपर्छ ।” 

विचार र आस्थाका आधारमा लेखिने समाचारले भ्रम पर्न जाने भन्दै सचिव डा अर्यालले व्यक्तिलाई प्रताडना हुने समाचार लेखनमा पत्रकारलाई संवेदनशील हुन सुझाउनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्यले आचारसंहिता उल्लङ्घन गरेका कारण नभई कानून उलङ्घनमा पत्रकार र सञ्चारगृह कारवाहीमा परेको जिकिर गर्नुभयो । 

“आचारसंहिता जिम्मेवार हुने प्रयोजनको आपसी समझदारी हो, हामी यो मापदण्डभित्र रहेर काम गर्छौं भन्या हो, व्यावसायिक सङ्गठनको आचारसंहिता हुन्छ”, डा आचार्यले भन्नुभयो, “प्रेस काउन्सिलको संरचनामा म सहमत छैन, यसले पत्रकार आचारसंहिता निर्माण गर्ने नभई उनीहरुको कामको अनुगमन तथा कार्यान्वयन गर्ने हो ।” 

तालिमका क्रममा प्रधानमन्त्री, सञ्चारमन्त्री, मन्त्री र आफूलाई लागेको मान्छेको समाचार सरकारी मिडियाले लेख्ने संस्कृति रहेको टिप्पणी गर्दै उहाँले विपक्षीको समाचारलाई त्यति प्राथमिकता नदिने गरेको जनाउनुभयो । काउन्सिलमा पार्टीका व्यक्ति नियुक्त हुने अभ्यासले स्वच्छता नदेखिने भन्दै प्रकाशक, सम्पादक, विश्वविद्यालयका प्राध्यापकको प्रतिनिधि, काउन्सिल र महासङ्घको अध्यक्ष पदेन सदस्य रहने छट्टै आयोगको आवश्यक रहेको डा आचार्यले औँल्याउनुभयो ।   

मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलले पत्रकार आचारसंहिता २०७३ बारे सूचना गर्दै आएको र अहिले त्यसको परिमार्जन भएको बताउनुभयो । उहाँले आचारसंहिताको दफा ४ मा प्रेस स्वतन्त्रता, लोकतन्त्रको संरक्षणका लागि पेशागत मान्यता, व्यवहारमा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न सुझाउनुभयो । भुसालले काउन्सिलको क्षमता र स्रोत साधनले भ्याएसम्म दुर्गमका पत्रकारको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले रिपोर्टिङका क्रममा कसरी आचारसंहिता पालना र प्रयोग गर्ने विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । पत्रकारले समाचारमा स्रोतको सहि पहिचान, पूर्वअध्ययन गरी गोपनीयताको हकलाई संरक्षण गर्दै सत्यतथ्य र निष्पक्ष समाचार लेख्न प्रशिक्षक सिलवालले सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष देवीराम देवकोटाले पत्रकारिता क्षेत्रलाई स्वतन्त्र कसरी गर्ने भन्नेमा चुनौती बढ्दै गएको बताउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी