विश्वकै होची महिला एलिफको निधन !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस १८, काठमाडौँ | विश्वकै होची महिलाको रुपमा सन् २०१० मा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने एलिफ कोकामनको बिहीबार निधन भएको छ। ३३ वर्षकी एलिफको निमोनियाबाट निधन भएको हो।

मंगलबार अचानक बिरामी परेपछि एलिफलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेपछि उनको अवस्था बिग्रँदै गएपछि बिहीबार उनको निधन भएको हो। टर्कीको स्थानीय सञ्चारमाध्यमका अनुसार एलिफको शरीरका अंगहरूले काम गर्न छोडेको थियो।

उनी टर्कीको उस्मानिया प्रान्तको कादिर्ली शहरका बासिन्दा हुन् । एलिफको लम्बाइ ७२.६ सेन्टिमिटर अर्थात् २.५ फिट थियो। उनको जन्म हुँदा पनि उनको तौल नाप्दा उनी १.६ किलोग्राम थिइन्।

‘मिरर’ मा प्रकाशित समाचार अनुसार सन् २०१० मा एलिफको नाम गिनिज वल्र्ड रेकर्डमा एक वर्षसम्म दर्ता भएको थियो। सन् २०११ मा अमेरिकाकी ब्रिजेट जोर्डनले एलिफको सबैभन्दा होची केटीको कीर्तिमान तोडेकी थिइन्, उनको उचाइ ६९ सेन्टिमिटर अर्थात् २.३ फिट थियो। जोर्डनको मृत्यु सन् २०१९ को जुनमा भएको थियो। अब यो विश्व कीर्तिमान भारतकी ज्योति किसानजी आमगेको नाममा दर्ता भएको छ। उनको लम्बाइ ६२.८ सेन्टिमिटर अर्थात २.०६ फिट थियो।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply