२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए

२०७८, १९ पुष सोमबार ०७:२७

पुस १९, (रासस/सिन्ह्वा) : कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् ।

पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरुले यदि मानिसहरुले जनस्वस्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन् ।

पछिल्लो हप्तामा यहाँ यो भाइरस निकै तीव्र गतिमा फैलिरहेको बताएका छन् । उनीहरुका अनुसार यहाँ आइतबार मात्र ५५७ जनामा यो सङ्क्रमण बढेको बताइएको छ ।यो बृद्धिदर २।९७ हो । आइतबारको मात्र संक्रमित दर यतिधेरै देखिएको र यो गएको तीन महिनायताकै सबैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

हालसम्म बंगलादेशमा १५ लाख ८६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्यस्तै यहाँ २८ हजारभन्दा बढी मानिसको यो सङक्रमणबाट मृत्यु भएको बताइएको छ । यहाँ पछिल्लो समयमा एक घातक भाइरसका रुपमा देखिएको ओमिक्रोन भेरियन्टका बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो