<p><b>पुस २४, काठमाडौँ | </b>बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा बाघको आक्रमणबाट ३२ वर्षीया चन्द्रकला थारुको ज्यान गएको हो।<br></p><p>माघी पर्वका लागि टपरी बनाउन सालको पात टिप्न शनिबार बिहान जंगल गएकी थारुको मृत्यु बाघको आक्रमणबाट भएको प्रहरीले जनाएको छ।</p><p>भोजभगवानपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त गौतममा अनुसार गम्भीर घाइते भएकी थारुको घटनास्थलमै मृत्यु भएको हो। पात टिप्न गएका अन्य सबै महिला सकुशल रहेको प्रहरीले जनाएको छ।</p>
January 8, 2022
काठमाडौँ - KTM, समाज
बाँकेमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
By kit
2 मिनेट पढाइ










