पुस २७, काठमाडौँ | जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम आंशिक बद्ली रहेको जनाएको छ। आज सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले आज कुनै ठाउँमा हल्का वर्षा भए पनि भोलिदेखि बिस्तारै मौसम खुल्दै जाने र घाम लाग्न सुरु हुने महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। मौसमविद्का अनुसार आज बिहान हुस्सु, कुहिरो लागे पनि देशका धेरैजसो ठाउँमा दिउँसो घाम लाग्ने सम्भावना छ।

भोलि पनि प्रदेश-१ मा भने आंशिकदेखि सामान्य बद्ली भइ एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपात हुनेछ।

देशका अन्य प्रदेशमा भने मौसम सफा नै रहने अनुमान गरिएको छ। हुम्लामा भने हिजोअस्ति जस्तो आज हिमपात नहुने मौसमविद्ले बताएका छन्। धेरैजसो ठाउँमा केही दिनयता पारिलो घाम लागेको छैन।

मौसम पूर्वानुमान : यी क्षेत्रमा छ वर्षाको सम्भावना