हराएका दुई कलाकृति अमेरिकाबाट ल्याइँदै

साझासवाल
1 Min Read

पुस २७, काठमाडौँ | नेपालबाट हराएका दुईवटा कलाकृति अमेरिकाबाट फर्काइने भएको छ । न्यूयोर्कस्थित रुबिन म्युजियम अफ आर्टले आफ्नो सङ्ग्रहमा रहेका दुईवटा कलाकृति नेपाल फर्काउन लागेको हो ।

सोमबार न्युयोर्कमा आयोजित एक कार्यक्रममा नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र रुबिन म्युजियम अफ आर्टका कार्यकारी निर्देशक डा जोरिट ब्रिट्स्गीले  संयुक्त रूपमा रुबिनको स्थायी सङ्ग्रहबाट दुईवटा सम्पदा नेपाल फर्काउने घोषणा गरेका हुन् ।

मालासहित उडिरहेकी अप्सरा र मूलढोकामाथि राखिने तोरण सन् ९० को दशकमा काठमाडौँ उपत्यकाका विहारबाट हराएका थिए । ती कलाकृति रुबिन सङ्ग्रहालयमा सन् २००३ र २०१० मा पुगेका थिए ।

कार्यवाहक महावाणिज्यदूत गौतमले ऐतिहासिक कलाकृति नेपाल फिर्ता गराउन सहयोग गरेकामा रुबिन सङ्ग्रहालय, त्यसका कार्यकारी निर्देशक, ट्रस्टी बोर्ड, सङ्ग्रहालयका विद्वान् र पदाधिकारीहरुप्रति आभार व्यक्त गर्नुभएको न्युयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले जनाएको छ ।

रुबिनको सङ्कलन गतिविधिहरू सिद्धान्तसँग सम्बन्धित नैतिक र व्यावसायिक अभ्यासको उच्चतम स्तरहरूको पालना गर्ने बताउँदै कार्यकारी निर्देशक ब्रिट्स्गीले  पुरातात्विक वस्तुहरूको चोरी कला संसारमा एक प्रमुख चिन्ताको विषय बनेको वास्तविकता सुनाउनुभयो । “हामीले सङ्कलन र प्रदर्शन गर्ने कला र वस्तुहरूको होसियारीपूर्वक अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो,” चोरीका कलाकृति सङ्ग्रहालयमा पुगेकामा खेद व्यक्त गर्दै उहाँले भन्नुभयो ।

Share This Article
Leave a Comment

Leave a Reply