Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

मौसम पूर्वानुमान : यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

By kit

पुस ३०, काठमाडौँ | आज देशभरको मौसममा बदली आउने भएको छ। मोसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव यथावत रहेकाले केही दिन वर्षा, हिमपात यथावत रहने छ।

महाशाखाका अनुसार, शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र कुहिरो छ।

दिउँसो प्रदेश १ का पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार, शनिबार तीन प्रदेश वाग्मती, गण्डकी र प्रदेश १ का केही भागमा हल्का वर्षा हुने सम्भावना छ।