2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अमेरिकी लगानी र प्रविधि भित्र्याउने प्रयास गरियोस्’

पुस ३०, काठमाडौँ  | नेपाल उद्योग परिसङ्घले मुलुकमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन तथा निर्यात प्रवद्र्धनसँगै प्राकृतिक सौन्दर्यको खानी देशको पर्यटनको विकासलाई केन्द्रमा राखेर काम गर्न अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । 

परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाललगायत पदाधिकारीहरूसँग आज भएको छलफलमा पश्मिना, तयारी पोशाक, छुर्पीजस्ता विशिष्टिकृत उत्पादनलाई अमेरिकीबजारसम्म सहजपहुँच स्थापित गर्न तथा बजार विस्तारमा भरमग्दुर प्रयासका लागि उहाँसँग अनुरोध गरिएको हो । 

राष्ट्रको पर्यटन प्रवद्र्धन हुनेगरी अमेरिकाको तर्फबाट उच्चस्तरीय भ्रमणको प्रयास गर्न तथा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धलाई आर्थिक कुटनीतिका माध्यमबाट थप सबल बनाउनेतर्फ विशेष ध्यान दिन परिसङ्घले अनुरोध पनि गरेको छ । 

नेपाललाई विकासको पथमा अग्रसर गराउन गुणस्तरीय पूर्वाधार निर्माण पहिलो आवश्यकता भएकाले जलस्रोतसहित पर्यटन र सेवाका क्षेत्रमा अमेरिकी लगानी जुटाउन प्रयत्नका निम्ति पनि परिसङ्घले प्रस्तावित राजदूत खत्रीसमक्ष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक