Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालको चासोलाई सम्बोधन गर्ने तिब्बत सरकारको आश्वासन

By साझासवाल 2 मिनेट पढाइ

<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">माघ ५, काठमाडौँ | चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारका अध्यक्ष यान जिन हेइले कोभिड नियन्त्रण गर्ने प्रबन्धहरूको पालना गर्दै नेपालको चासोलाई सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।</span><br></p><p>महावाणिज्यदूत नवराज ढकालले अध्यक्ष यानलाई उहाँको कार्यकक्षमा&nbsp; मङ्गलबार भेटेर नेपाली उत्पादन सतहमार्गबाट तिब्बत ल्याउने, नेपाल जाने मालबाहक सवारी साधनको सङ्ख्या बढाउन तथा सहजीकरणका निम्ति गर्नुभएको आग्रहको जवाफमा उहाँले त्यस्तो आश्वासन दिनुभएको हो । भेटका अवसरमा नेपालमा चिनियाँ लगानी प्रवद्र्धन, समसामयिक र द्विपक्षीय हितका विषका साथै सडक, रेल, प्रसारण लाइनबाट सम्पर्क सञ्जार विस्तार गर्ने सम्बन्धमा महावाणिज्यदूत&nbsp; ढकालले तिब्बत सरकारको ध्यानाकर्षण गराउनुभएको ल्हासास्थित नेपाली महावाणिज्यदूतवासले जनाएको छ ।&nbsp;</p>