Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

सभापति देउवाद्वारा थापाको निधनप्रति दुःख व्यक्त

By साझासवाल

<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">माघ ६, काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भूतपूर्व सैनिक सङ्घ काठमाडौँ शाखाका पूर्व सभापति लीलाबहादुर थापाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी सभापतिका तर्फबाट आज जारी गर्नुभएको शोक विज्ञप्तिमा पार्टीका ज्येष्ठ राजनीतिज्ञ एवं तत्कालीन धापासी गाविसका सभापति थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।&nbsp;</span><br></p><p>सभापति देउवाले स्वर्गीय थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नाका साथै मृतकको आत्माको शान्तिको कामना तथा शोकसन्तप्त परिवारजनमा आफ्नो र पार्टीको तर्फबाटसमवेदना पनि प्रकट गर्नुभएको छ ।टोखा नगरपालिका–४ निवासी थापाले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह रहेको जनाइएको छ । उहाँको निधनले कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्व गुमाएको बताइएको छ ।</p>