2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पनि हल्का वर्षा र हिमपात, कहिले आउँछ मौसममा सुधार ?

January 21, 2022

माघ ७, काठमाडौँ | पश्चिमी वायुको प्रभाव कायमै रहेकोले सोमबारसम्म मौसम सफा नहुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती तथा प्रदेश नम्बर १ का थोरै स्थानमा हल्का वर्षा/हिमपात भइरहेको छ। मौसमविद्ले बताएका छन् ।  

मौसविद् शान्ति कँडेलका अनुसार काठमाडौँ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज पनि सिमसिम पानी परिरहेको छ।

आज दिउँसो कतै कतै केहीबेर घाम देखिए पनि फेरि बादल लाग्ने कँडेलले जानकारी दिइन्।

‘यो प्रणाली सोमबारसम्म रहने देखिन्छ, फेरि अर्को प्रणाली नआए त्यसपछि मौसम सफा हुनेछ’, कँडेलले भनिन्, ‘अहिले काठमाडौँसहित प्रदेश-१ र वाग्मती प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको छ। उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भइरहेको छ। आज दिउँसो पनि मौसम खुला हुन्न।’   

यस्तै, राति पनि देशका एक/दुई ठाउँमा हल्का पानी पर्ने छ भने उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुने सम्भावना छ।

पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि मौसम यस्तै रहने मौसमविद् कँडेलले जानकारी दिइन्।

हल्का वर्षा र बादलका कारण देशभरको अधिकतम तापक्रम घटेको छ। अधिकतम तापक्रम अझै घट्नसक्ने कँडेलले सचेत गराइन्।

मौसम बद्ली भइरहेकाले न्यूनतम तापक्रम भने घटेको छैन। तर अधिकतम तापक्रम घट्दा चिसो बढ्छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक