Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँमा – मन्त्री चौधरी

By साझासवाल 3 मिनेट पढाइ

माघ १६, काठमाडौँ | खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”

अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडाँै उपत्यकामा आउने विश्वास दिलाउँदै उहाँले एशियाली विकास बंैकको अध्ययन प्रतिवेदनका आधारमा  स्थायी सरचनालाई अघि बढाउने जानकारी दिनुभयो ।

आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उहाँले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिनुभयो । गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पुर्याएको थियो ।