<p>माघ १७, काठमाडौँ | प्रहरीले काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला पारेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति सवा ११ बजे स्थानीयले खबर गरेपछि घटनास्थलमा पुग्दा एक युवकको शव फेला परेको हो ।<br></p><p>घटना एक आपसमा झगडा हुँदा घटेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पशुपति क्षेत्रमा बस्ने ३८ वर्षीय रुद्रबहादुर केसी र २८ वर्षीय सुरेश दर्नाल रहेका छन् भने झगडा गर्ने अर्का एक जना फरार छन्।</p><p>हाल प्रहरीले मृतक युवकको मृत्यु कुटपिट वा अन्य कारणबाट भएको भन्नेबारे थप अनुसन्धान गरिररहेको बताइएको छ । मृतकको भने परिचय पनि खुलेको छैन।</p>
January 31, 2022
काठमाडौँ - KTM, समाज
मित्रपार्कमा एक आपसमा झगडा हुँदा एक युवकको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










