२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुई पक्राउ

२०७८, २४ माघ सोमबार १०:०२

माघ २४, काठमाडौँ | नेपाल प्रहरीले भूमि आयोगको मान्छे बनेर जमिन दिलाइदिन्छु भनी सुकुम्वासीलाई ठगी गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा सुकुम्वासीलाई बोलाएर जग्गा दिलाइदिने भन्दै ठगी गर्ने झापाका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठका ४४ वर्षीय उद्धव भण्डारीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजारको फारम भर्न लगाई रकम लिई ठगी गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिनुभयो । “पक्राउ परेका व्यक्तिले आफूहरु भूमि आयोगबाट आएका मान्छे भएको र सुकुम्वासीहरुलाई जग्गा वितरण गर्छौं, फारम भर्नुपर्छ भन्दै भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फारम भर्न लगाई पैसा असुल गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो ।

प्रहरीले पक्राउ गरेका व्यक्तिसँग ल्यापटप एकथान, चार्जर एकथान, प्रिन्टर एकथान, मोबाइल दुई थान, स्पिकर एकथान र भूमिहीन दलित, भूमिहीन सुकुम्वासीले भर्ने निवेदन फाराम बरामद गरेको छ । पक्राउ परेका व्यक्तिसँग थप अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध