२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झन्डै ७० लाख रुपैयाँसहित बालाजुबाट एक जना पक्राउ

२०७८, २६ माघ बुधबार ०८:४७

माघ २६, काठमाडौँ । स्रोत नखुलेको झन्डै ७० लाख रुपैयाँसहित काठमाण्डौको बालाजु बाइपासबाट एकजना पक्राउ परेका छन् ।

महानगरी प्रहरी कार्यालय रानीपोखरी र बालाजु वृत्तबाट खटिएको संयुक्त टोलीले मंगलबार साँझ जाँचका क्रममा स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित नुवाकोट ककनी-३ चाउथे निवासी २९ वर्षीय नवराज ढुङ्गानालाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं- १६ बाइपासस्थित ओरालो बाटोमा जाँच गर्ने क्रममा ढुंगानाले बोकेको कालो रंगको हाते झोला र साइड व्याग खोलेर हेर्दा लाखौ रकम भेटिएको थियो । झोलामा एक हजारका ५,७३४ नोट र पाँच सयका २,५३० नोट फेला परेको थियो । 

प्रहरी वृत्त बालाजुले बरामद गरिएको नगदसहित ढुंगानालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग पठाएको छ । 

बरामद गरिएको रकम आपराधिक कार्यबाट आर्जित भएको हुनसक्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धिकरण विभागलाई पनि आवश्यक अनुसन्धानको लागि अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता