Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको मौसम कस्तो रहला ?

By साझासवाल 2 मिनेट पढाइ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण हाल प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

अन्यत्र मौसम सफा रहेको र तराईका केही भू–भागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।

आज (आइतबार) दिउँसो  देशभर आंशिक  बदली रही सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। आज राति  पनि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।

तराई भू–भागका  तथा नदीतटीय क्षेत्रमा लागेको हुस्सु/कुहिरो बिस्तारै हटेर जाने महाशाखाले बताएको छ।