चैत १७, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।

बिहीबार रिपोर्टस क्लव नेपालको २४औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए ।

सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै उनले देशमा राजनीतिक परिवर्तनसहित उपलब्धि हासिलल गरिएकाले अब विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने बताए ।

नागरिकका अधिकार संविधानबाट सुनिश्चित गरिसकेको भन्दै उनले अब देशको विकास र समृद्धितर्फ ध्यान दिनुपर्ने बताए ।

March 31, 2022
काठमाडौँ - KTM, समाज
१० वर्षभित्र नेपाललाई एसियाको सम्पन्न देश बनाउने लक्ष्यमा छौं : सञ्चारमन्त्री कार्की
By साझासवाल
2 मिनेट पढाइ