चैत १७, ललितपुर । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न रहेको आरोपमा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राई समेत १५ जना छन् ।

ललितपुर महानगरपालिका–१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा उनीहरुले दुःख दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले कार्यालयको काममा समेत बाधा अवरोध पु-याएको प्रहरीको भनाइ छ ।

March 31, 2022
काठमाडौँ - KTM, समाज
ललितपुर यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने कार्यमा संलग्न १५ जना पक्राउ
By साझासवाल
2 मिनेट पढाइ