2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्चीको पानी भोलि सुरूङमा खसालिने, काठमाडौं आइपुग्न केही दिन लाग्ने

चैत्र २८, काठमाडौं | मेलम्ची खानेपानी आयोजनाको पानी भोलि सुरूङमा खसालिने भएको छ । गत २ असारमा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी खसाल्न लागेको हो । 

बाढीले क्षतिग्रस्त मेलम्चीको मुहान मर्मत सम्भार सकिएको छ । योसँगै पानी खसालिन लागेकाे मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए । 

हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएसँगै पानी सुरूङमार्गमा खसालिन लागिएको उनको भनाइ छ । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो । सोही अनुसार मर्मत सम्भारको कामलाई तीव्रता दिएको थियो । 

'भोलि सुरूङमा पानी खसालिन्छ । सुरूङमा पानी भरिएर काठमाडौं आइपुग्न केही दिन लाग्छ,’ उनले भने, ‘अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने बाहेकको अन्य काम सकिएको छैन् ।’

गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो । भोलि मंगलबार सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्न केही दिन लाग्नेछ । 

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता डिभिजनल ईन्जिनियर राजेन्द्र पन्तले अस्थायी रूपमा पानी ल्याउन आवश्यक संरचना तयार भइसकेको बताए । मेलम्ची खानेपानी आयोजना क्षेत्रमा पुग्ने ६ मध्ये तीन ठाउँमा अस्थायी पक्की पुल निर्माण भएका छन् । बाँकी काम निर्माणाधीन अवस्थामा रहेको पन्तको भनाइ छ ।

गत वर्ष १७ चैतमा मेलम्चीको पानी पहिलो पटक काठमाडौंमा झारिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । सुरूङ परीक्षणका लागि १ असारमा सुरूङमा पानी बन्द गरिएको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएको थियो । बाढीले मेलम्चीको माथिल्लो भागमा हिमपहिरोले बगाएर राखेको पुरानो थेग्रिन जम्मा भएको थियो । 

मेलम्ची खानेपानी आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवा र खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । मेलम्ची खानेपानी आयोजनाको औपचारिक रूपमा दोस्रो पटक उद्घाटन गर्न लागिएको थियो । तर, निर्वाचन आचारसंहिता लागु भएसँगै उद्घाटन कार्यक्रम स्थगित भएको छ । 

स्थानीय तह निर्वाचन नजिकिएसँगै सरकारले मेलम्चीको काम चाँडो सक्न दबाब दिँदै आएको थियो । जसले गर्दा अहिले पनि सुरूङ सफा गर्ने कामबाहेक अन्य बाटो बनाउने, पुन निर्माण गर्ने लगायतका काम जारी नै छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत