Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सीतापाइलामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

वैशाख ११, काठमाडौँ । काठमाण्डौको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ ।

मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुभेच्छा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सीतापाईलाबाट भिमढुङगा चल्ने बा २ ख २३०५ नम्बरको बसले आज बिहान साढे ७ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो ।

बस सहित चालकलाई प्रहरी बृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।