Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ड्राइभिङ लाइसेन्सका सबै आवेदकको परीक्षा यही बैशाखभित्रै सम्पन्न गरिँदै

By साझासवाल 2 मिनेट पढाइ

<p>वैशाख १६, काठमाडौं |&nbsp;यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्रका लागि परीक्षा आवेदन दिएका सेवाग्राहीको परीक्षा तालिका संसोधन गरिएको छ। जसअनुसार यसअघि अनलाइन आवेदन दिएका सबै सेवाग्राहीको परीक्षा यही बैशाख मसान्तभित्र सम्पन्न गर्ने गरी कार्यतालिका मिलाइएको छ ।<br></p><p>तर यस अघि नै पूर्व कार्यतालिकामा परी छु भएका आवेदकले समेत परीक्षामा सहभागी हुन सक्ने गरी व्यवस्थापन गरिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।</p><p>मन्त्रालयले आफूले निवेदन दिएको कार्यालयको सूचना पाटी, वेबसाइट र फेसबुक पेज हेरी आफ्नो तोकिएको समय र दिनमा सेवा लिन तथा छुट भएका सेवाग्राहीले कार्यालयमा सम्पर्क गरी आफ्नो परीक्षा कार्य तालिका लिई सहभागी हुन सक्ने बताएको छ ।&nbsp;</p>