Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आईजीपी नियुक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता, बुधबारलाई पेशी तोकियो

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख १९, काठमाडौँ | </b>नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। महानिरीक्षक नियुक्तिमा असहमति जनाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट निवेदन दिएका हुन्।<br></p><p>सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले महानिरीक्षक नियुक्तविरुद्ध रिट दर्ता भएको बताए । उनले भने, 'रिट निवेदन दर्ता भएको छ। बुधबारका लागि पेशी तोकिएको छ।'</p><p>रिट निवेदनमा पोखरेलले वरीयता मिचेर आईजीपी नियुक्ति निर्णय बदरको माग गरेका छन्। आफूभन्दा कनिष्टलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च गएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तेस्रो वरीयतामा रहेका धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।</p>