Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

By साझासवाल

जेठ ६, काठमाडौं | नेपाली सेनाले ‘सफा हिमाल अभियान, २०२२’ अन्तर्गत चारवटा हिमालबाट ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ ।

सेनाले गत चैत २२ गतेदेखि जेठ ५ गतेसम्मको अवधिमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट उक्त मात्रामा फोहोर संकलन गरेको हो ।

सेनाका अनुसार सगरमाथा र ल्होत्सेबाट ९ हजार ९३२ केजी, कञ्चनजंघाबाट १५ हजार ३७३ केजी र मनास्लुबाट ५ हजार ३९ केजी फोहोर संकलन गरिएको छ ।

संकलन गरिएको कुल फोहोरमध्ये  ५ हजार २६६ केजी सड्ने तथा कुहिने खालको छ भने २५ हजार ७८ केजी नकुहिने खालको रहेको नेपाली सेनाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान, २०२२’ सुरु गरिएको सेनाले जनाएको छ ।

फोहर संकलनको अलवा हिमालको वेश क्याम्पहरुमा खटिएका सेनाका डाक्टर अधिकृतहरुले आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक व्यक्तिहरुलाई परामर्श दिुनका साथै स्वास्थ्य सेवा प्रदान गरिरहेको पनि बताइएको छ ।

‘कुनै पनि सञ्चार माध्यमको पहुँच नभएको कञ्चनजंघा आधार शिविर इलाकामा आरोहणको लागि आउने स्वदेशी तथा विदेशी गैह्र सैनिक नागरिकहरुलाई घर परिवार तथा आफन्तहरुसँग सम्पर्क गर्नको निमित्त, नेपाली सेनाले, सफा हिमाल अभियान अवधिभरको लागि टेलिफोन सेवा उपलव्ध गराईरहेको व्यहोरा समेत जानकारी गराईन्छ,’ सेनाले विज्ञप्तिमा भनेको छ ।