2026-06-20 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र नागरिकता विधेयकबारे के भन्छन् सरकार प्रवक्ता?

जेठ ११, काठमाडौं | सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन्।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको स्पष्ट पारे। 

मन्त्री कार्कीले नेपालमा ऊर्जाको उत्पादन बढिरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्ने बताए।उनले आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरू पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।


मन्त्री कार्कीले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि केबल हाम्रो कारणले मात्र होइन। यसको अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार यसको मूल्यमा वृद्धि हुने कुरा थहा छँदैछ। हामी जलस्रोतको दोस्रो धनी देश हौं र अहिले जुन किसिमले ऊर्जाको उत्पादन भइरहेको छ यसलाई सदुपयोग गरेर हामीले चाँडै नै बिजुलीबाट चल्ने गाडीहरू र हाम्रो भान्सामा पनि बिजुलीलाई प्राथमिकता दिएर अघि बढ्ने सरकारको नीति छ।’

मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यकताभित्र पर्ने बताए। उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए।

मन्त्री कार्कीले भने, ‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यकताभित्र पर्दछ। नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो। हिजो नीति कार्यक्रममा पनि सबैको सहमतिमा नागरिक विधेयकलाई चाँडै पारित गर्ने दिशामा सरकारको सोच छ। नागरिक विधेयक नआउँदा नागरिकताको समस्याबाट हाम्रो समाज कुन किसिमको समस्यामा गुज्रिरहेको छ, त्यसको अनुभूति मलाई पनि छ। नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर यो समस्याबाट देशलाई हामीले मुक्त गराउन जरूरी छ।’

मन्त्री कार्कीले नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर नागरिकताको समस्याबाट देशलाई मुक्त गराउन जरूरी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ