जेठ १२, काठमाडौँ | बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा रहेका अभिनेता पल शाहको थुनछेक सुनुवाइ स्थगित् भएको छ ।

उच्च अदालत पोखरामा शाहको थुनछेक आदेशको मुद्दामा सुनुवाई स्थगित गर्न उनकै पक्षका कानुन व्यवसायीहरुले निवेदन दिएका हुन् । तयारी नपुगेको भन्दै निवेदकको पक्षबाट आजको सुनुवाई स्थगित गराइएको हो ।

शाहको थुनछेक आदेशका सम्बन्धमा परेको पुनरावेदनको निवेदन न्यायाधीशद्धय ऋषिराज भण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा परको थियो । शाहका म्यानेजर कृष्ण जोशीले चलखेल गरेको भन्दै उनलाई पनि थुनामा राख्न सरकारी वकिलले निवेदन दिएको छ । आज सबै मुद्दामा सुनुवाइ हुने आशा गरिएको थियो ।

बिहीबार उच्च अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा थुनामुक्त गरेर मुद्दा लड्ने भन्ने सम्बन्धमा आदेश दिन आज पोखरा उच्च अदालतले पेशी तोकिएको थियो । शाहको निवेदनमाथि सुनुवाइको लागि मिति तोकिने छ ।

May 26, 2022
काठमाडौँ - KTM, समाज
पल शाहको थुनछेक सुनुवाइ तयारी नपुगेको भन्दै स्थगित
By साझासवाल
3 मिनेट पढाइ