जेठ १५, पोखरा | पोखराबाट जोमसोमका लागि उडेको तारा एयरकाे जहाज सवा २ घण्टादेखि सम्पर्कविहीन नै छ । म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको बताइएको छ । मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको बताएका छन् ।

बादल लागेका कारण जहाज नदेखिएको तर आवाज ठूलो आएको उनीहरूलाई उदृत गर्दै लेतेमा रहेका पत्रकार सुशील थकालीले जानकारी दिए ।

‘यहाँका स्थानीयले आवाज सुनेका रहेछन् । प्रहरीले पनि त्यो आवाज सुनेको भन्नेछ,’ उनले भने, ‘बादलले टम्मै छ । कतै केही देखिँदैन । हल्का पानी परिरहेको छ ।’

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन । उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ ।

अहिले प्रहरी लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटेको उनले बताए । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

May 29, 2022
काठमाडौँ - KTM, समाज
विमान बेपत्ता अपडेटः लेते क्षेत्रमा २ पटक घुमेको थियो, मौसम खराब भएकाले खोज्न मुस्किल
By साझासवाल
3 मिनेट पढाइ