Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राजा वीरेन्द्रको वंशनाश भएको २१ वर्ष पूरा, घटना अझै रहस्यमय

By साझासवाल 3 मिनेट पढाइ

जेठ १९, काठमाडौँ | आज जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २१ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार निराजन,अधिराजकुमारीहरु श्रुतिलगायत राजपरिवारका नौ जनाको एकै प्रकरणमा हत्या गरिएको थियो ।

हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश र संसद्का सभामुख सदस्य रहेको छानबिन समितिले छानबिन गरे पनि त्यसले सही तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टी अझै छ । तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानबिन आयोगले युवराज दीपेन्द्रले सबैलाई गोली चलाएर हत्या गरी आफूलाई पनि गोली हानेर आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरियो । यो बिचमा धेरै सरकार फेरिए तर हत्याकाण्ड रहस्यमय नै छ । राजसंस्था अन्त्य भएर गणतन्त्रात्मक व्यवस्था आएको यतिका वर्ष हुँदा पनि हत्याकाण्डको छानबिन भएको छैन ।