जेठ २०, काठमाडौं | नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व(पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ।

बिहान प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

कस्तो छ आजको मौसम ?