Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाण्डौकाे फर्पिङ जङ्गलमा युवक–युवतीकाे शव भेटियाे

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ २३, काठमाडौं | </b>काठमाण्डौको दक्षिणकाली नगरपालिकाकाे फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको छ । अन्दाजी २०/२१ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।&nbsp;<br></p><p>मृतकको परिचय खुल्न सकेको छैन । शव भेटिएकाे ठाउँ नजिकै विषको बट्टा पनि फेला परेको छ । हत्या वा आत्महत्या केहो भन्नेबारे खुलेको छैन ।&nbsp;</p><p>अहिले काठमाण्डाै जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।&nbsp;</p>