Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जग्गा नाप्ने विषयमा विवाद भई कुटपिटबाट मृत्यु, कुटपिटमा संलग्न दुई जना पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ २४, बारा | बाराको आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ  ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीय किशोरी कुशवाहा र ५५ वर्षीय रामप्रवेश महतो रहेका छन् ।

किशोरी कुशवाहा, रामप्रवेश महतो र सोही ठाउँ बस्ने ५० वर्षीय हिरामण कुशवाहा समेतले जग्गा नाप्ने विषयमा विवाद भई कुटपिट गर्दा प्रभु प्रसाद कुशवाह गम्भीर घाइते भएका थिए ।

उनको एनएमसि अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरी र राम प्रवेशलाई पक्राउ गर्नुका साथै हाल फरार हिरामणको खोजी गरिरहेको छ ।